हरेक डिलर।हरेक रुपैयाँ।एउटै सिस्टम।
नेपाली आयातकर्ता र उत्पादकका लागि बनेको सिस्टम। माल तपाईंको, उधारो तपाईंको, जोखिम पनि तपाईंकै — तर हिसाबचाहिँ खाता, एक्सेल र फोनका स्क्रिनसटमा छरिएको। डिलर, अर्डर, उधारो र बजारमा गएको माल — अब सबै एउटै लाइभ सिस्टममा।
“कुन डिलरसँग कति उधारो छ — दशैं कुर्नुपर्छ, कि आजै थाहा हुन्छ?”
हरेक डिलरको बाँकी कति, कहिलेदेखिको हो, र अब कति पत्याउने — अन्दाज होइन, खातैबाट निस्केको हिसाब। किनभने त्यो उधारो धेरैजसो कागजको भन्दा चिनजानकै भरमा गएको हुन्छ।
“मैले पठाएको माल अगाडि बिक्यो, कि डिलरकै गोदाममा थन्किएर बसेको छ?”
तपाईंले डिलरलाई बेचेको एउटा कुरा, डिलरले अगाडि बेचेको अर्कै — दुवै अलग-अलग देखिन्छ। कुन डिलरकहाँ कति माल छ, कहाँ बिक्री चलेको छ, कहाँ रोकिएको छ — डिलरपिच्छे, युनिटपिच्छे।
यही दुई प्रश्नको जवाफ दिन DistriQT बनेको हो — अहिले सोध्नुस्, अहिले देख्नुस्। महिना सकिएको रिपोर्ट कुर्नु पर्दैन।
भित्र के-के छ
खाता
- 01Distribution Core
डिलर, डिलरसिप, अर्डर, प्रोडक्ट र पेमेन्ट — सबैको एउटै खाता।
पैसा
- 02Credit Control
कसको कति उधारो, कहिलेदेखिको, र अब कति दिन हुने — हरेक डिलरको क्रेडिटको पूरा तस्बिर।
- 03Returns & Settlements
रिटर्न, राइट-अफ र सेटलमेन्ट — बिल गरेकै रेटमा, बाँकीबाट सिधै कटाएर।
बजार
- 04Channel Stock
गोदामबाट निस्केपछि माल कहाँ छ — कसकहाँ कति पुग्यो, कति बिक्यो, कति थन्कियो।
- 05Chain Analytics
तपाईंले बेचेको र डिलरले अगाडि बेचेको — पूरै नेटवर्कको हिसाब एकै ठाउँमा।
टिम
- 06Field Sales
नयाँ पसल थप्ने, GPS-सहितको भिजिट र फिल्ड अर्डर — टिमसँग भएकै मोबाइलबाट।
- 07KYC & Compliance
हरेक डिलरको कागजपत्र, सम्झौता र प्रमाणित रेकर्ड — खोज्नेबित्तिकै भेटिने गरी एकै ठाउँमा।
- 08Team Performance
KPI स्कोरकार्ड, टार्गेट र लिडरबोर्ड — मूल्याङ्कन मनले होइन, नतिजाले।
सबै हिसाब रेकर्डमा — मुखको भरमा होइन।
पेमेन्ट छ भने प्रुफ पनि छ।
पैसा बुझ्यो भने रसिद, भाउचर वा फोटो सँगै टाँसिन्छ। “फलानोलाई बुझाएँ” भन्ने डायरीको लाइनले पुग्दैन।
भिजिट भयो कि भएन, GPS ले भन्छ।
फिल्डको मान्छे कुन पसलमा कहिले पुग्यो — उसले भनेको होइन, सिस्टमले देखाएको।
रिटर्नमा बिलकै रेट लाग्छ।
फिर्ता आउँदा उही बिलकै रेट — आजको रेटलिस्टमा जे लेखे पनि।
सच्याए पनि इतिहास मेटिँदैन।
भोइड होस् वा राइट-अफ, जसले जे सच्यायो — सबैको छाप बस्छ। चुपचाप केही मेटिँदैन।
DistriQT कुनै सफ्टवेयर कम्पनीको अफिसमा बनेको होइन। नेपालकै एउटा चलिरहेको उत्पादक कम्पनीले आफ्नै डिलर, आफ्नै उधारो र आफ्नै फिल्ड टिम चलाउन बनाएको सिस्टम हो यो। पहिले आफ्नो काम चल्यो, अनि मात्र प्रोडक्ट बन्यो।
पहिलो ब्याच सानो छ।
सुरुमा जम्मा केही कम्पनी लिन्छौं, र सेटअप हामी सँगै बसेर गर्छौं — तपाईंकै डिलर, तपाईंकै रेट, तपाईंकै नियमअनुसार। माथिका दुई प्रश्न तपाईंले पनि आफैँलाई सोध्नुभएको छ भने, इमेल छोड्नुहोस्।